Posted on

टेक नारायण कुँवर

विषय प्रवेशः

Surrogate contract[ 1 ] Surrogate भन्ने शब्दले सट्टामा (substitute) भन्ने जनाउँछ।[ 2 ]Surrogate contract भनेको कुनै निःसन्तान दम्पती र अर्को कुनै महिलाको बिचमा भएको त्यस्तो सम्झौता हो, जुन सम्झौता अनुसार ती महिलाले निःसन्तान दम्पतीको निम्ति बच्चा जन्माई उनीहरुलाई हस्तान्तरण गर्न राजी हुन्छिन्। (A contract between a woman and typically an infertile couple under which the woman provides her uterus to carry and embryo through pregnancy; esp., an agreement between a person (the intentional parent) and a woman (the surrogate mother) providing that the surrogate mother will (1) bear a child for the intentional parent, and (2) relinquish any all rights to the child.)[ 3 ] यो एउटा त्यस्तो सम्झौता हो, जसमा कुनै एकजना महिलाले आफ्नो फाईदाको निम्ति निःसन्तान दम्पतीमध्येको पतिको वीर्यबाट कृत्रिम गर्भाधान (artificial insemination, or AI) गरी जन्मेको बच्चा निज दम्पतीलाई हस्तान्तरण गर्न मन्जुर गरेको हुन्छ। (where for some profit, a woman allows herself to be impregnated by artificial insemination by the sperms from the husband of a childless couple. Such mother is called surrogate mother and the child born is called surrogate child).[ 4 ] सट्टा मातृत्वलाई मूलतः २ प्रकारले बुझ्न सकिन्छ। पहिलो, परम्परागत Surrogacy को रुपमा, जसमा ती आमा बच्चाको genetic mother नै हुनुपर्छ{ (a woman who has given birth to, provided the egg for, or legally adopted a child) भने दोस्रो, हाल प्रचलित सट्टाआमा सम्बन्धी व्यवस्था, जसमा gestational carrier (when a child is conceived through artificial insemination) पनि हुन सक्छिन्। उनले भ्रुण प्रत्यारोपण (embryo implant) को माध्यमबाट गर्भधारण गरी बच्चा जन्माउँछिन्। कतिपय मुलुकमा gestational carrier सम्बन्धी संपूर्ण कार्यलाई अवैध मानिएको पाइन्छभने कतिपय मुलुकमा व्यवसायिक रुपमा गरिने gestational carrier लाई मात्र अवैध मानी अन्य परोपकारी उद्देश्यले गरिने Surrogacy लाई वैधता दिईएको पाईन्छ। अतः सट्टा मातृत्व भन्नाले त्यस्तो अभ्यासलाई जनाउँछ, जसमा बच्चा जन्माउन असक्षम दम्पत्तिले बच्चा जन्माउन सक्षम कुनै पनि महिलासँग संझौता गरी दाताको विर्य तथा अण्डाणु लिएर कृत्रिम गर्भाधान प्रकृयाबाट गर्भधारण गरी निजको कानूनी तथा जैविक मातापितालाई जन्मेको बच्चा सुम्पन तयार हुन्छिन्। त्यस्तो बच्चालाई जन्माउने आमालाई सट्टाआमा (surrogate mother) भनिन्छ।(When a child is conceived through artificial insemination, the birth mother may not be the genetic or biological mother, and she may not be the legal mother. Also, termed gestational mother.)[ 5 ]

Surrogacy को अन्तराष्ट्रिय अभयासः

अहिलेसम्म विकसित प्रविधिको आधारमा surrogacy लाई मुख्यतः निम्न बमोजिम चार प्रकारले अध्ययन गरिएको पाईन्छः[ 6 ]

१) Traditional surrogacy: यसलाई एउटा प्रत्यक्ष वा तत्काल गर्न सकिने (straight method) को रुपमा पनि बुझ्न सकिन्छ। यसमा आमाचाहिं आफ्नै जैविक सन्तानको रुपमा गर्भधारण गर्दछिन्। तर, त्यस्तो बच्चा अरुले नै हुर्काउने इच्छा गरी धर्मपुत्र/पुत्रीको रुपमा हस्तान्तरण गर्ने उद्देश्यबाट जन्माइएको हुन्छ। यस्तो गर्भ विभिन्न प्रकारबाट बोक्न (conceive) गर्न सकिन्छ। जस्तैः

  1. यौन सम्पर्कबाट (Natural Insemination(NI)): यसमा सिधै यौन सम्पर्क (Via sexual intercourse) बाट गर्भाधान गरी वच्चा जन्माउने कार्य गरिन्छ।
  2.  कृत्रिम गर्भाधानबाट (Artificial Insemination (AI)): यसमा स्वच्छ विर्य (fresh sperm) वा चिस्याइएको विर्य (frozen sperm) लाई (Intrauterine Insemination (IUI)) अथवा (Intracervical Insemination (ICI)) को माध्यमबाट fertility clinic मार्फत गर्भाधान गराउने कार्य गरिन्छ। त्यस्तो गर्न इच्छा/चाहना राख्ने दम्पतीको पुरुष सदस्यको विर्य नै प्रयोग गरेर वा त्यसको विकल्पमा कुनै विर्यदाता (sperm donor) बाट विर्य लिएर पनि गर्भाधान गराउन सकिन्छ।

२) Gestational surrogacy: यसलाई सामूहिक वा बृहत तरिका (host method) पनि भनिन्छ। यसमा surrogate ले भ्रुण प्रत्यारोपण (embryo transfer) को माध्यमबाट गर्भाधान गर्दछ। यसमा वच्चाको जैविक बाबुआमा (genetic parents) लाई वच्चा हस्तान्तरण गर्ने प्रवन्ध मिलाईएको हुन्छ। यसरी गर्भाधान गरेकी सट्टाआमा (surrogate mother) लाई{ gestational carrier भनिन्छ।

३) Altruistic Surrogacy: यसलाई एउटा मानवीय धर्म वा परोपकारी कार्य पनि   मानिन्छ। यस पद्दतिमा surrogate ले गर्भाधान गरी बच्चा हस्तान्तरण गरिदिए वापतमा कुनै आर्थिक पारितोषिक लिदैनन्। तर समान्यतया यस विधिबाट सन्तान चाहेका दम्पति (intended parents) ले सट्टाआमाको स्वास्थ्य सम्बन्धी खर्च र सुत्केरीको अवस्थमा लाग्ने अन्य खर्चहरु भने व्यहोर्नु मनासिव मानिन्छ।

४) Commercial Surrogacy: सन्तानको चाहना राख्ने धनाढ्य दम्पतीले चाहे बमोजिम बच्चा जन्माई दिएवापत सट्टाआमा (gestational carrier) ले रकम प्राप्त गर्ने पद्धति नै commercial surrogacy हो। व्यवहारमा यो पद्दतीलाई भारतमा स्वीकार गरिसकिएको छ भने संसदमा विचारधीन विधेयकले पनि कानूनी मान्यता दिन खोजिएको पाइन्छ।[ 7 ] यो पद्दतिलाई कहिलेकाही “wombs for rent”, “out sourced pregnancies” अथवा “baby farms” जस्ता वाक्यांशले पनि संबोधन गर्ने चलन छ। यद्यपि त्यस्तो अभिव्यक्ति व्यक्तिको मर्यादालाई होच्याउने प्रकृतिको रहेको भनी आलोचना समेत हुने गरेको छ।

ऐतिहासिक पृष्ठभूमिः

Surrogate contract को ऐतिहासिक पृष्ठभूमिलाई हेर्दा, यस पद्दतीको विकास कसरी हुन पुग्यो भन्ने दृष्टान्त तर्फ सुक्ष्म जानकारी राख्नु आवश्यक हुन्छ। पेशागत प्रयोजनको निम्ति वा व्यवसायिक रुपमा यस पद्धतिलाई अपनाउन उपयुक्त हुने कि नहुने भन्ने प्रश्न भने आज विश्वभर विवादको विषयको रुपमा रहेको छ। व्यवसायिक पद्धतिको रुपमा केही मुलुकले मात्र कानूनी मान्यता दिन खोजेतापनि संसारका धेरैजसो मुलुकमा यस कार्यलाई “baby selling” को संज्ञा दिईएको पाईन्छ र commercial surrogacy लाई धेरैजसो jurisdictions मा अवैध मानिई आएको छ।

Surrogacy contract को कानूनी विचारका प्रवर्तक Attorney Noel Keane हुन्।[ 8 ] सन् १९७६ मा Keane ले सटृाआमा र विवाहित दम्पतीको बिचमा पहिलो सम्झौताको मस्यौदा गरेका थिए। त्यसको निकै वर्ष पछि यस विषयमा दार्शनिक, नैतिक, धार्मिक र कानूनी तर्कहरु तिव्र गतिमा अगाडि आएका छन्। उनले यस प्रविधिको पक्षमा बलियो तर्क राखे। यद्यपि उनले भौतिकशास्त्री Warren J. Ringold[ 9 ] सँगको सहकार्यबाट अमेरिकाको Dearborn, Michigan मा यस विचारलाई व्यवहारिकता प्रदान गरेका थिए। बेलायतमा प्रथम टेष्टट्युब बेबी Louise Joy Brown को जन्म पछि त यस अवधारणाले अझै मूर्तरुप पाउन थालेको थियो।[ 10 ] सन् १९८१ को शुरु देखि तिव्र गतिमा यस सम्बन्धी वैज्ञानिक परीक्षणहरु गरिए। Keane र Ringold अमेरिकी प्रेस र राजनीतज्ञबाट तिव्र आलोचित पनि भए। अर्को तर्फ क्यालिफोर्नियामा Los Angles Surrogacy firm को संचालक Bill Handel[ 11 ] ले यस सम्बन्धी कानून पारित गर्न अभियान चलाइरहेका थिए। उनीहरुको अथक प्रयत्नबाट अन्ततः अमेरिकाका कतिपय राज्यहरुमा सट्टाआमाको अवधारणा सामाजिक स्वीकृतिको विषय बन्न पुगेको छ। हाल अमेरिकाका छ वटा राज्यमा यस पद्दतीलाई कानूनद्वारा संरक्षण गरिएको पाइन्छ।[ 12 ]

अमेरिकामा Baby “M”Case[ 13 ] बाट Surrogacy पद्धतिको व्यापक प्रचार प्रसार भएको हो। यस मुद्दामा surrogate mother को रुपमा रहेकी Mary Beth Whitehead र intended parents को रुपमा रहेका William Stern र Elizabeth Stern को बिचमा सम्झौता भई सन् १९८६ मा जन्मेकी Melissa Stern(Baby “M”)को कानूनी बाबुआमा (legal parents) को हुने भन्ने विषयमा ठूलो विवाद उठेको थियो। जसमा सटृाआमाले सम्झौता बमोजिम निःसन्तान दम्पतीलाई बच्चा जन्मेपछि हस्तान्तरण गर्नु पर्ने सम्झौता भएकोमा त्यसो गर्न इन्कार गरेकी थिइन्। यस मुद्दामा New Jersey को सर्वोच्च अदालतले उक्त नावालकको कानूनी बाबु’ William Stern भएपनि निजको कानूनी आमा Elizabeth Stern नभई सट्टाआमाको रुपमा रहेकी Mary Beth Whitehead नैसो बच्चाको कानूनी आमा भएको निर्णय दियो।[ 14 ] तर सो नाबालकको Functional parents को रुपमा William दम्पतिलाई नै मानी सो करारलाई सार्वजनिक नीति बिरुद्धको कार्य[ 15 ] भनी गैर कानूनी घोषित समेत गर्‍यो।[ 16 ]

सकारात्मक पक्षः

विभिन्न कारणबाट surrogate pregnancy को आवश्यकता महसूस गरिएको हुन्छ। खासगरी सन्तानको चाहना भएका दम्पतीमध्ये महिलामा बाँझोपन (female infertility) भएमा वा अन्य स्वास्थ्य सम्बन्धी खरावीको कारणबाट गर्भाधान गर्न र बच्चा जन्माउन आमाको स्वास्थ्यमा खतराजनक अवस्था हुने देखिएमा यस्तो पद्धतितर्फ मानिसहरु आकर्षित हुने गर्दछन्। कहिलेकाहीं महिलामा गर्भाधान गर्ने सक्षमता भएकै अवस्थामा पनि ती दम्पतीहरुले आफैले बच्चा जन्माउने इच्छा नराखी surrogate pregnancy लाई प्राथमिकता दिन चाहेका हुन्छन्। कतिपय समलिंगी (homo-sexual) पुरुष जोडीहरु यसै विधिको उपयोग गरेर सन्तान सुख लिन चाहने हुन्छन्[ 17 ] भने कतिपय अवस्थामा एकल पुरुष, एकल महिला[ 18 ] वासमलिंगी महिला जोडीले पनि सन्तान सुख तृप्तीको लागि यो विधि अपनाउन सक्दछन्।

कतिपय मुलुकमा जुन आमाले बालकको जन्म दिन्छ, उ नै त्यसको कानूनी आमा हुन्छ भन्ने कानूनी अनुमानलाई सही ठानिएको पाइन्छ।[ 19 ] कतिपय क्षेत्राधिकारमा भने] surrogacy को सम्भावनालाई स्वीकृति प्रदान गरिएको छ र intended parents लाई नै कानूनी बाबुआमामानिएको छ।[ 20 ] संयुक्त राज्य अमेरिकाका कतिपय राज्यमा शुरु देखि नै जन्म प्रमाण पत्र दिनको निम्ति अदालतबाट intended parents को नाम उल्लेख गरी जन्मपूर्वको आदेश जारी गर्न थालिएको छ। तर कतिपय राज्यमा न त surrogacy सम्बन्धी करारलाई मान्यता दिइएको छ न त निषेध नै गरिएको पाइन्छ। यसरी हेर्दा surrogacy सँग जोडिएका कतिपय कानूनी पक्ष वा विषयवस्तुहरु अत्यन्त जटिल र समाधान गर्न कठिन खालका देखिन्छन्

कानूनी समस्याहरुः

व्यवहारमा सन्तान नहुने जोडीले धर्मपुत्र/पुत्रीको रुपमा ग्रहण (adoption) द्वारा पनि सन्तान सुख लिएको पाईन्छ। तर कतिपय बच्चा जन्माउन असमर्थ दम्पतीले अरु कसैबाट जन्मेको वच्चालाई धर्मपुत्र वा धर्मपुत्री राख्ने सुविधा लिनुको सट्टा आफ्नो सन्ततीमा वंशानुगत सम्बन्ध (genetic link) कायम रहेको हेर्न चाहन्छन्। जसले गर्दा उनीहरुलाई बढी सन्तुष्टि प्राप्त हुन्छ। तर यति हुँदाहुँदै पनि कहिलेकाहीँ दाताको विर्य (donated sperm)र सट्टाआमाको अण्डाणु (dónate egg.)बिना सन्तान प्राप्त गर्न नसक्ने अवस्था आउने भएकोले त्यस्तो वंशानुगत सम्बन्ध (genetic link) को निरन्तरता चाहँदा चाहँदै पनि प्राप्त गर्न सक्तैनन्। केही अवस्थामा त महिलाले नै अण्डाणु (ova) सम्म उत्पादन गर्न सक्ने तर आफै वच्चा जन्माउन नसक्ने कारणले गर्दा उनले सट्टाआमाबाट आफ्नो र पतिको वंशगत गुण (gene) हस्तान्तरण गरी सन्तान प्राप्त गर्ने अभिलाषा राख्दछन्। आधुनिक भ्रूण हस्तान्तरण (embriyo transfer) जस्तो प्रजनन् प्रविधि (reproductive technique) बाट यो कार्य सम्भव पनि भएको छ।[ 21 ] यस प्रविधिको विपक्षमा रहनेहरुले वच्चा जन्मिसकेपछि सो जन्माउने आमाले आफ्नो विचार परिवर्तन गर्न सक्ने, बच्चाले मातापिता छान्न पाउने अधिकारको विषयमा प्रश्न उठ्ने जस्ता समस्याहरु औंल्याउने गरेको पाईन्छ।[ 22 ] मुख्यतः यसमा देखिने कानूनी समस्याहरु निम्न बमोजिम छन्ः–

१. यस पद्धतिबाट जन्मेको बच्चाको मातापिता (parents) को हुने?

२. यदि बच्चा विकलांग जन्मियो भने को जिम्मेवार हुने?

३. यसले नावालकको अधिकारलाई संरक्षण प्रदान गर्न सक्छ, सक्दैन?

४. बच्चाको राष्ट्रियता, नागरिकता र सम्पत्ति सम्बन्धी विवादहरु उठेमा के हुने?

५. विवाहित दम्पतिमध्ये दुवैको मञ्जुरी नभई एकले मात्र यस्तो सम्झौता गरेमा के हुने?

६. Surrogate contract गरेको अवस्थामा पतिपत्नीबिच सम्बन्ध विच्छेद भएमा जन्मिएको सन्तानको custody सम्बन्धमा उठेको प्रश्न कसरी समाधान गर्ने?

उपर्युक्त बमोजिम surrogacy का केही अन्यौल र कानूनी अस्पष्टताहरु अवश्य पनि रहेका छन्। कहिलेकाहीं surrogate mother ले बच्चाको जन्म पश्चात आफ्ना अधिकारहरु छाड्नलाई अनिच्छुक रही मनःस्थिति परिवर्तन गर्ने संभावना पनि रहन्छ।[ 23 ] यस पद्धतिलाई अपनाउँदाकतिपय दम्पतीहरु कानूनी झन्जटहरुमा पर्न सकिने चिन्तामा रहेका हुन्छन्। बच्चाको चाहना राख्ने दम्पती र सट्टाआमाको बिचमा कतिपय अवस्थामा स्वास्थ्य, पोषण र शारीरिक परीक्षणसँग सम्बन्धित विषयहरुमा मतभिन्नताहरु आउन सक्तछन्। साथै उनीहरुको राष्ट्रिय कानूनले संवोधन नगरेको अवस्थामा आउन सक्ने अन्य विविध समस्याहरु पनि देखा पर्दछन्। जस्तो कि राष्ट्रियता, नागरिकता,[ 24 ] सम्पत्ति र नाता संबन्धी विवादहरु।

अन्तर्राष्ट्रिय अभ्यासः

हाम्रो परिवेशमा यो एउटा नितान्त नौलो विषय भएकोले surrogacy को अन्तर्राष्ट्रिय अभ्यास कस्तो रहेको छ? भन्ने सम्बन्धमा पनि तुलनात्मक अध्ययन गरिनु उपयोगी हुन आउँछ। इटली, अष्ट्रिया, जर्मनी, नर्वे, स्वीडेन र फ्रान्समा surrogate motherhood लाई निषेधित गरिएको छ। अमेरिकाका ६ वटा राज्यमा र युक्रेन तथा भारत जस्ता मुलुकमा भने यस पद्दतीलाई वैध मानिएको छ। युक्रेन तथा भारतमा त अझै व्यवसायिक (commercial surrogacy) लाई कानूनी वैधता प्रदान गरिएको पाईन्छ।  यसक्रममा कानूनी वैधता दिइएका तथा नदिइएका कमन ल पद्दती अपनाउने र सिभिल ल पद्दती अपनाउने केही मुलुकको अभ्यास निम्न बमोजिम प्रस्तुत गरिएको छः–

कमन ल पद्दती अपनाउने मुलुकः

अष्ट्रेलियाः

अष्ट्रेलियाको सबै राज्यमा परोपकारी (altruistic surrogacy) उद्देश्यले गरेको कार्यलाई अवैध नमानिए पनि सो देखि बाहेक अन्य प्रकारले सटृाआमाबाट जन्मेका सन्तानको कानूनी आमा सटृाआमा नै हुने भन्ने मान्यता रहेको छ भने यस प्रकृयाबाट जन्मेको बच्चा हस्तान्तरण गर्ने गरी भएको सम्झौतालाई शून्य (void) करार मानिएको छ।[ 25 ] यसका अतिरिक्त अष्ट्रेलियाको सबै राज्यहरुमा व्यवसायिक रुपमा (commercial surrogacy) चलाउन नपाइने गरी त्यस्तो कार्यलाई फौजदारी अपराधको रुपमा घोषणा गरिएको  पाईन्छ। तर मानवीय धर्मको रुपमा निःसन्तान व्यक्तिले यस्तो गरेकोमा हालैमात्र कानूनी मान्यता दिईएको छ।[ 26 ]

क्यानडाः

सम्पूर्ण खर्च intended parents ले व्यहोर्नु पर्ने गरी कानूनमा नै व्यवस्था गरिएको पाईन्छ।[ 27 ] तर व्यावसायिक दृष्टिकोणबाट वा पेशाको रुपमा भने यसलाई अपनाउन पाईंदैन। surrogate mother ले बच्चा जन्माएको तीस दिन भित्रमा आफ्नो सोच परिर्वतन गरेमा आफूले जन्माएको बच्चा हस्तान्तरण गर्न नपर्ने गरी निजको लागि कानूनी संरक्षण प्रदान गरेको छ,। क्यानडाको Quebec प्रान्तमा भने यस प्रकारको कुनै पनि सम्झौतालाई कार्यान्वयन गर्न नसकिने करारको रुपमा लिइएको  पाईन्छ।[ 28 ]

भारतः

भारतमा सन् २००८ मा The case of Baby  Manji (2008) मा अदालतले दिएको निर्णय अनुसार व्यावसायिक Surrogacy ले कानूनी मान्यता पाएको हो।[ 29 ] तर कानूनतः अझै पनि यस पद्धतिलाई व्यवस्थित गरिएको छैन।[ 30 ] Baby  Manji को मुद्धामा प्रमुख रुपमा दुईटा प्रश्न उठाइएको थियो। पहिलो, surrogate mother ले intended parent लाई बच्चा हस्तान्तरण गर्न इन्कार गरेको र दोस्रो, intended parents को रुपमा रहेका जापानी दम्पतिले भारतीय surrogate mother सँग surrogate contract गरेपछि सोही अवधि माती जापानी दम्पती Ikufumi and Yuki Yamada को बिचमा सम्बन्ध विच्छेद हुनु। उनीहरुमध्ये पिताले उक्त बच्चा ग्रहण गर्ने ईच्छा राखेको थियो भने आमाले ईन्कार। उक्त मुद्धामा intended parents विदेशी नागरिक भएकोले बच्चालाई कानूनतः धर्मपुत्र र धर्मपुत्रीको रुपमा ग्रहण (adoption) गर्न अवश्यक हुन्थ्यो भने कुनै पनि एकल व्यक्तिले यसरी धर्मपुत्र र पुत्री ग्रहण गर्न कानूनतः पाउँदैनथ्यो। अन्ततः अदालतको आदेशले Baby Manji को कानूनी बाबुले आफूसंग जापान लैजानको निम्ति travel document बनाउन अनुमति प्राप्त गर्यो।[ 31 ] Duke University का Political Analyst Kari Points ले यसै मुद्दाको अध्ययनबाट “Commercial Surrogacy and Fertility Tourism in India: The Case of Baby Manji” भन्ने शीर्षकमा विचारोत्तेजक कार्यपत्र प्रश्तुत गरेका छन्। यस कार्यपत्रमा उनले निम्नलिखित विषयलाई महत्वकासाथ उठाएका छन्ः[ 32 ]

What is a mother? What is a father? What does it mean to be a human? A citizen ? How do we recognize and validate the identities of people and families formed through emerging technologies? And if, in doing so, we change our core definitions of family, have we made progress?[ 33 ]

यस पद्धती प्रतिको बढ्दो आकर्षणलाई ध्यानमा राखेर भारत अहिले यस सम्बन्धी बलियो कानून निर्माण गर्ने प्रकृयामा लागिरहेको छ।[ 34 ]

बेलायतः

बेलायतमा Commercial Surrogacy लाई कानूनी मान्यता प्रदान गरिएको छैन।[ 35 ] यदि सम्झौताबाट रकम लेनदेन गरी surrogacy प्रकृया अपनाइएको रहेछ र त्यसमा विवाद उठ्यो भने त्यस्तो करार कार्यान्वयन गर्न नसिकने करारको रुपमा लिइन्छ।[ 36 ] त्यहाँ अझैपनि सटृाआमाले जन्माएको वच्चाको कानूनी अधिकारका सम्बन्धमा निज आमाले नै निर्णय गर्न पाउने व्यवस्था रहेको छ। वेलायतमा parental order अथवा adoption order तय नभएसम्म सटृाआमा नै बच्चाको कानूनी आमा मानिन्छ। त्यहाँ Germany, Sweden, Norway, Italy मा जस्तै पूर्ण प्रतिबन्ध नभई  Belgium, Netherlands[ 37 ] मा जस्तै खूकुलो कानूनी प्रबनध गरिएको पाइन्छ।

अमेरिकाः

अमेरिकी अभ्यासमा विभिन्न राज्यका आफ्ना–आफ्ना कानूनी व्यवस्था अनुसार surrogacy पद्दतीलाई व्यवस्थित र नियमित गर्न खोजिएको पाइन्छ।[ 38 ] तर यस सन्दर्भमा प्रायःजसो राज्यको कानून अस्पष्ट नै छ। यस पद्दतीको पक्ष र विपक्षमा रहेको अमेरिकी राज्यहरुको कानूनी व्यवस्था र व्यवहारलाई अध्ययन गर्दा निम्निलिखित ६ प्रकारको समूह पाउन सकिन्छः।[ 39 ]

(1) hold surrogacy agreements valid and enforceable,

(2) have unclear statutes but favorable case law,

(3) explicitly allow surrogacy agreements but regulate the market,

(4) have unclear statutes and no case law,

(5) hold surrogacy agreements void and unenforceable, and

(6)prohibit and/or penalize individuals entering such agreements, sometimes under threat of heavy fines and jail time.

अहिलेसम्म अमेरिकाका ६ वटा राज्यमा यसले वैधानिकता पाएको छ र विस्तारै अन्य राज्यहरुमा पनि सामाजिक स्वीकृतिको वातावरण वन्दै गएको पाईन्छ।[ 40 ] भर्खरै मात्र वाशिंगटनमा यस सम्बन्धी कानून पारित भएको छ।[ 41 ]

हङकङः

हङकङमा Human Reproductive Technology Ordinance, 2000[ 42 ] को आधारमा Commercial Surrogacy लाई अवैध घोषित गरिएको छ। उक्त कानूनी व्यवस्था अनुसार कसैले पनि surrogate लको लागि रकम तिर्न नपाउने, surrogate ले त्यस्तो रकम लिन नहुने र व्यवसायिक सट्टाआमा कसैले बन्न नपाउने गरी रोक लगाइएको छ।[ 43 ]

सिभिल ल पद्धती अपनाउने मुलुकः

फ्रान्सः

फ्रान्समा Code of Civil को दफा १६(७)[ 44 ] अनुसार व्यावसायिक वा परोपकारी वा मानवीय आधारमा जुनसुकै प्रकारले गरेको भएतापनि surrogacy विधिलाई गैरकानुनी घोषित गरिएको छ। फ्रेन्च अदालतले यो अवधारणालाई सन् १९९० देखि नै अपनाउँदै आएको छ।[ 45 ] surrogacy arrangement लाई अदालतले Code of Civil को दफा ६[ 46 ] र ११२८ तथा ३५३ को आधारमा अवैध हुन्छ भनी व्याख्या गरेको पाईन्छ।[ 47 ] फ्रान्सको सर्वोच्च अदालतले दश वर्षका जुम्लयाहा बच्चा जो फ्रेन्च दम्पति Sylvie and Dominique Mennesson ले क्यालिफोर्निया निवासी महिला संग सम्झौता गरी जन्माएका थिए, उनीहरुलाई फ्रान्सको नागरिकता दिन नमिल्ने फैसला सुनायो।[ 48 ]

इटलीः

इटलीमा अझैपनि Surrogacy Programme लाई अवैध मानिएको छ। त्यहाँ यसलाई नैतिकता (moral and ethical) विरुद्धको कार्य मानिन्छ।[ 49 ] इटलीमा कुनै पनि महिलाले आफ्नो वंशगत सम्बन्ध (genetic connection) नभएको अण्डा वा विर्य धारण गरेर वच्चा जन्माउनु भनेको नैतिकता भित्र पर्ने कुरा होइन भनी यसलाई विवादास्पद विषय वस्तुको रुपममा लिएको देखिन्छ।

जर्मनीः

जर्मनीमा surrogacy agreements लाई कानूनी मान्यता दिइएको छैन। त्यहाँको कानूनले कुनै पनि व्यक्तिलाई अण्डाणु दान गर्न र त्यसबाट भ्रुण उत्पादन गर्न समेत प्रतिबन्ध लगाएको छ।[ 50 ] त्यहाँ स्वास्थ्यकर्मीहरुलाई artificial insemination तथा embryo donation को कार्यमा सरिक हुन समेत रोक लगाइएको छ र त्यस कार्यलाई फौजदारी अपराध मानिएको छ।[ 51 ]

हाम्रो सन्दर्भः

Surrogate contract को सन्दर्भमा हाम्रो प्रचलित कानूनी व्यवस्थालाई हेर्दा कुनै उल्लेख भएको पाईंदैन। हालसम्म तत्सम्बन्धी कानूनको आवश्यकता समेत रहेको छ भनी संगठित रुपमा आवाज नै नउठिरहेको वर्तमान परिप्रेक्ष्यमा कुनै मुद्दामा उठेको प्रश्नलाई surrogate contract को वैधता समेतको परिप्रेक्ष्यमा यथोचित सम्बोधन गर्नु पर्ने अवस्था समेत रहेको छ।

हालसम्म सट्टाआमाबाट जन्मिएको सन्तानको हकमा प्रचलित नेपाल कानूनले कुनै कानूनी व्यवस्था गरेको पाईदैन। हाम्रो परिवेशमा यो विषय नितान्त नौलो खालको छ। कमन ल प्रणाली अपनाउने अमेरिका, वेलायत, अष्ट्रेलियाजस्ता विकसित मुलुकहरुमा समेत अझैसम्म पनि व्यापक अनुसन्धान, छलफल र विवादको विषयको रुपमा रहेको surrogacy पद्दतीलाई विश्वका अन्य मुलुकहरुको निम्ति कानूनी दायरामा समेटिन अझै केही समय पर्खनु पर्ने हुन्छ। surrogacy जस्तो महंगो, विवादास्पद र अत्याधुनिक प्रविधिबाट सन्तान जन्माउने कार्यलाई कुनै पनि मुलुकको धार्मिक, साँस्कृतिक, ऐतिहासिक र आर्थिक पक्षहरुसँग समेत जोडेर हेर्नु पर्ने हुन्छ। यी विविध पक्षहरुसँग सम्बन्धित विषयमा विकसित मुलुकहरु नै पनि सहज र सरल रुपमा अभ्यस्त भै नसकेको विद्यमान वास्तविकता र हाम्रो जस्तो विकासोन्मुख मुलुकमा प्रष्ट कानूनी आधार नै नभएको वर्तमान परिप्रेक्ष्यमा surrogate contract लाई वर्तमान करार ऐन २०५६ मा भएको कानूनी व्यवस्थाको परिप्रेक्ष्यमा समेत मूल्याङ्कन गर्नु पर्ने हुन्छ।

यस प्रसंगमा surrogate contract को कानूनी वैधता हुनको लागि त्यस्तो करार गर्ने पक्षहरुले प्रारम्भिक रुपमा पुरा गर्नु पर्ने केही योग्यताहरु निश्चित गरिनु आवश्यक हुन्छ। त्यस्ता योग्यताहरु निम्नलिखित छन्ः

क) त्यस्तो करार गर्ने एउटा पक्ष विवाहित दम्पत्तिको रुपमा कायम रहेको छ भने पतिपत्नी दुबैको सहमती हुनु आवश्यक हुन्छ।

ख) त्यस्तो सम्झौता कानूनद्वारा योग्य व्यक्तिहरुको बिचमा हुनु पर्दछ। जस्तो कि intended parents / surrogate mother कानूनले निर्धारण गरेको योग्य व्यक्ति हुनु पर्दछ।

ग) त्यस्तो करार अरु कुनै तेस्रो व्यक्तिको हक अधिकारमा आघात पुर्‍याउने उद्देश्यबाट गरिनु हुँदैन।

घ) त्यस्तो करार सार्वजनिक नीतिको विरुद्धमा हुने गरी गर्नु हुँदैन।

ङ ) त्यस्तो करार प्रचलित करार कानून अनुसार कार्यान्वयन गर्न सकिने हुनु पर्दछ।

च ) सो करार व्यवसायिक वा परोपकारी कुन प्रकृतिको हो, कानूनले परिभाषित गरेको दायरामा रही गरेको हुनु पर्दछ।

नेपालको वर्तमान अवस्थामा प्रस्तुत विषय सर्वप्रथम विधायिकाको चासो, छलफल, खोज तथा अनुसन्धानको विषय भित्र पर्ने देखिन्छ। surrogacy लाई कानूनी मान्यता प्रदान गर्नु भन्दा अगाडि किन पनि गम्भिरतापूर्वक लिईनु आवश्यक छ भने यसबाट उत्पन्न हुने धार्मिक, साँस्कृतिक र आर्थिक विषयसँग जोडिएका सवालहरु भोलिका दिनमा अन्तर्राष्ट्रिय प्रभाव समेत राख्ने प्रकृतिका हुन्छन्। हाल भारतमा यस सम्बन्धी बृहत कानूनको खाँचो महसुस गरी मस्यौदा विधेयक उपर विधायिकामा छलफल चलिरहेको र कानून बन्ने प्रकृयामा रहेको छ।

भारतमा यस पद्दतीलाई मान्यता प्रदान गरिएको हुनाले हाल त्यहाँका स्वास्थ्य प्रतिष्ठानहरुले सामान्य सरकारी नीति नियमभित्र रहेर यसलाई व्यावसायिक रुपमा अपनाउँदै आएका छन् भने तत्सम्बन्धी कानून निर्माणको अन्तिम चरणमा विचार भै रहेको छ। त्यसको प्रभाव नजिकको छिमेकी मुलुकको हैसियतले नेपालमा नपरिरहन सक्दैन। In vitro fertilization (IVF) प्रणालीलाई नेपाल सरकारले समेत अनुमती दिएको र हालै मात्र प्रशुतीगृहमा सरकारको तर्फबाट यस पद्दतीबाट सन्तान जन्माउन चाहने दम्पत्तिहरुका लागि सेवा खुला गरिसकेको सन्दर्भमा surrogate contract लाई समेत कानूनी मान्यता प्रदान गरिनु र तत्सम्बन्धमा व्यवस्था गर्न उपयुक्त एवम व्यवस्थित कानूनको निर्माण गर्न आवश्यक भै सकेको छ।

निस्कर्षः     

यो एउटा निःसन्तान व्यक्तिहरुले सन्तानको सुख तृप्तीको लागि अपनाउन सकिने उपयुक्त विधि हो। तसर्थ, विज्ञान र प्रविधिको उच्चतम प्रयोगलाई IVF प्रणालीको शुरुवात गरी नेपाल सरकारले यस मान्यतालाई स्वीकार समेत गरिसकेको वर्तमान सन्दर्भमा नेपालमा पनि अब यस surrogate contract सम्बन्धी विषयमा कानूनको आवश्यकता परिसकेको हुँदा सो सम्बन्धमा सम्बद्ध निकायको ध्यानाकर्षण हुनु वाञ्छित देखिन्छ। यस सम्बन्धमा विधायिकाले सोच्नु पर्ने बेला भएको छ।


  1. Bryan A. Garner (editor), Black’s Law Dictionary, 8th ed., 2004 defines- “The act of performing some function in the place of some on else. The process of carrying and delivering a child for another person.”(p. 1485). ↩︎
  2. ibid.(A person appointed to act in the place of  another in his absence). ↩︎
  3. ibid. ↩︎
  4. Rajiv Raheja, B.L. Bansal (editors), Capital’s Legal and Medical Dictionary, vol. 2, 2009, Calital Publishing House, Delhi.p. 1678. ↩︎
  5. See, supra note 3, p. 1035. ↩︎
  6. See, supra note 1. ↩︎
  7. The Assisted Reproductive Technologies Regulation Bill 2010 introduces a set of legally binding rights and restrictions for all parties involved. Under the Bill, foreign commissioning individuals or couples must prove that surrogacy is permitted in their home country and that any resulting child will be permitted entry – and be recognised as the biological child of the commissioning individual or couple. The Bill is currently with the Law Ministry, awaiting approval. The legislation also covers IVF, pre-natal determination and surrogacy. See,http://www.bionews.org.uk/page_88796.asp. ↩︎
  8. Noel Keane, a lawyer who became a focus of deep affection and bitter debate for arranging surrogate motherhoods, including the one that led to the Baby M battle in 1986. In 1976, Mr. Keane negotiated and drafted the first formal contract between a surrogate mother and a married couple in the United States. In the years afterward, in the midst of courtroom battles and philosophical, moral, religious and legislative arguments, he remained a strong proponent of surrogate motherhood. See at,:http://www.nytimes.com/1997/01/28/nyregion/noel-keane-58-lawyer-in-surrogate-mother-cases-is-dead.html. ↩︎
  9. Warren J. Ringold, M.D. has been practicing family medicine for nearly thirty years. He is a graduate of the prestigious University of Michigan Medical School. ↩︎
  10. On July 25, 1978, Louise Joy Brown, the world’s first successful “test-tube” baby was born in Great Britain. Though the technology that made her conception possible was heralded as a triumph in medicine and science, it also caused many to consider the possibilities of future ill-use. ↩︎
  11. William Wolf Handel (born 25 August 1951 in Brazil) is the director and founder of the Center for Surrogate Parenting and an AM radio personality in Los Angeles, California. ↩︎
  12. Six states allow individuals and couples to enter into surrogacy contracts: Arkansas, California, Illinois (gestational surrogacy only), Massachusetts, New Jersey (uncompensated surrogacy agreements only) and Washington (uncompensated surrogacy agreements only). Available at: http://www.surrogacy.com/legals/map.html andhttp://www.hrc.org/issues/2486.html ↩︎
  13. 225 N.J. Super 267 (N.J.Super.Ch. 1988, See also,  http://www.surrogacy-surrogate-mother.com/baby-m-surrogacy-case.html ↩︎
  14. Ibid ↩︎
  15. In the course of ruling in favor of MaryBethWhitehead, the New Jersey Supreme Court concluded broadly that surrogacy contracts are “illegal and unenforceable”. The court saw danger for everyone involved if the contracts were to be upheld: “The long-term effects of surrogacy contracts are not known, but feared — the impact on the child who learns her life was bought, that she is the offspring of someone who gave birth to her only to obtain money; the impact on the natural mother as the full weight of her isolation is felt along with the full reality of the sale of her body and her child; the impact on the natural father and adoptive mother once they realize the consequences of their conduct.” See at:http://writ.news.findlaw.com/grossman/20100119.html. ↩︎
  16. 225 N.J. Super 267 (N.J.Super.Ch. 1988, See at:  http://www.kylewood.com/familylaw/babym.htm
    ↩︎
  17. Reportedly, Israeli gay couple Yonatan and Omer had been together for the past seven years and had decided to start a family. But since Israel reportedly does not allow same sex couples to adopt or have a surrogate child, India became their choice to find a surrogate mother. Yonatan and Omer reportedly first came to Mumbai in January 2008 for an IVF cycle when Yonatan is stated to have donated his sperm. Thereafter, they selected an anonymous “mother”. Accordingly, the child was conceived with the help of a Mumbai based surrogate mother in a fertility clinic in Bandra. After the child was born, the gay couple left for Israel with the child on November 17, 2008. For detail see at: http://www.reunite.org/edit/files/articles/COMMERCIAL%20SURROGACY%20IN%20INDIA-BANE%20OR%20BOON.pdf. ↩︎
  18. See at ibid, At a time when the World’s first Test-tube baby Louise Brown born in 1978 in UK has  now herself become a mother and high profile international adoptions by celebrities like Madonna and Angelina Jolie are glorifying international adoption, India does not lag behind. Noted Indian film actress Sushmita Sen inspires single women both in India and abroad to adopt children breaking conventional taboos and age old practices. ↩︎
  19. For example in Japan, it has taken a different legal stand in respect of surrogacy. Supreme Court of Japan, on March 23, 2007, denied parenthood to genetic parents since the twin babies were born to a surrogate mother at United States. Interpreting the Civil Code of Japan, the Supreme Court, held a mother who physically gives birth to a child is the legal mother. See, JanBalaz versus AnandMunicipality, SPECIAL CIVIL APPLICATION No. 3020 of 2009, THE HIGH COURT OF GUJARAT AT AHMEDABAD. ↩︎
  20. The law of the other country involved often makes very different provisions to English law. In some places (apparently, for instance, California, India and Ukraine) the intended parents are also the legal parents by operation of law arising from the surrogacy agreement, which is legally enforceable in some countries, but not under English law. This can cause severe problems, especially when the surrogate is married or in a civil partnership. English couples should therefore always choose an unmarried surrogate. Available at:http://www.alternativefamilylaw.co.uk/en/children/international-surrogacy.htm ↩︎
  21. Assisted reproductive technologies (ART) have enabled millions of people in the world to have biological children who otherwise would not have been able to do so. According to the European Society for Human Reproduction and Embryology, more than three million babies have been born using ART worldwide in the last 30 years, enabling infertile women and men; single women and men; and lesbian, gay, and transgender couples to form genetically-related families. These new technologies have transformed the way we view reproduction. For detail information, see at:http://www.geneticsandsociety.org/downloads/ART.pdf. ↩︎
  22. See, Baby “M” Case,  537 A.2d 1227, 109 N.J. 396 (N.J. 02/03/1988). ↩︎
  23. Ibid ↩︎
  24. Surrogacy is illegal in France.    When Sylvie Mennesson and her husband Domenique were unable to have children, they came to the US.   In 2000 twins were born in California using a third-party egg, Domenique’s sperm and a surrogate.   Under the law of California the Mennessons are recognized as the parents of these children.    The Mennessons took the twins back to France.  Problems arose when the Mennessons tried to list the twins in the civil registry, because consistent with outlawing surrogacy, French courts don’t want to recognize the resulting children as the Mennessons children.  The highest court in France ruled on a surrogacy case that’s been working its way through that countries court for some time.  It raises some interesting questions.  See,http://julieshapiro.wordpress.com/2011/04/07/adventures-in-globalized-surrogacy-french-court-rules-on-twins-case/ ↩︎
  25. In all states in Australia (except Tasmania which bans all surrogacy under the Surrogacy Contracts Act 1993), altruistic surrogacy has been the only recently recognized surrogacy that has become legal. ↩︎
  26. In Western Australia (under the Surrogacy Act 2008) and South Australia (under the Family Relationships Act 1975) altruistic surrogacy is only legal for couples consisting of the opposite sex (single people and same sex couples are banned from altruistic surrogacy). Since 1 June 2010 in Queensland, altruistic surrogacy is legal under the Surrogacy Act 2010 No 2. Yet, the commercial surrogacy is still illegal under the legislation ↩︎
  27. See,Assisted Human Reproduction Act (S.C. 2004, c. 2), Available at: http://laws-lois.justice.gc.ca/ eng/acts/A-13.4/FullText.html. ↩︎
  28. See, Civil Code of Quebec, 1991, c.64, article 541: “any agreement whereby a woman undertakes to procreate or carry a child for another person is absolutely null,” available at: http://www.canlii.org/en/qc/laws/stat/sq-1991-c-64/latest/sq-1991-c-64.html. ↩︎
  29. Baby Manji Yamada vs.Union of India (UOI) Writ Petition (C) No. 369 of 2008, decided on 29.09.2008 ↩︎
  30. In the absence of any law to govern surrogacy, the Indian Council of Medical Research (ICMR) issued Guidelines in 2005 to check the malpractices of Assisted Reproductive Technology (ART).  Thesenational guidelines for Accreditation, Supervision and Regulation of ART Clinics in India, 2005 are non statutory, have no legal sanctity and are not binding.See at:http://www.reunite.org/edit/files/articles/COMMERCIAL%20SURROGACY%20IN%20INDIA-BANE%20OR%20BOON.pdf ↩︎
  31. See, http:// www.biopoliticaltimes.org/article.php ? id=4923. ↩︎
  32. Ibid ↩︎
  33. Ibid. ↩︎
  34. Ibid, In a phenomenal exercise to legalise commercial surrogacy, The Assisted Reproductive Technology (Regulation) Bill & Rules – 2008, a draft bill prepared by a 15 members committee including experts from ICMR, medical specialists and other experts from the Ministry of Health and Family Welfare, Government of India  has been posted online recently for feedback. This 135 page document is stated to be an Act to provide for a national frame work or the Regulation and Supervision of Assisted Reproductive Technology and matter connected therewith or incidental thereto as  a unique proposed law to be put before the Indian Parliament. Abetting ↩︎
  35. यसलाई { Surrogacy Arrangements Act, 1985द्वारा निषेधित गरिएको छ ।Human Fertilization Embryology Act, 1990को दफा ३० ले अनुमति दिएकोमा समेत Surrogacy मा लाग्ने खर्च भन्दा बढी रकम तिर्न नपाउने व्यवस्था गरेको पाईन्छ । ↩︎
  36. The Act came about as a response to the birth, on 4 January 1985, of Britain’s first commercial surrogate baby amid a widespread public outcry.  See, Brahams D (February 1987). “The hasty British ban on commercial surrogacy”.Hastings Cent Rep17 (1): 16–9. doi:10.2307/3562435. PMID 3557939.http:// jstor.org/stable/3562435.  ↩︎
  37. Countries like Belgium, Netherlands and Great Britain are little more liberal. Reference may be made to the decisions of the High Court of Justice, Family Division, Rex & Y (Foreign Surrogacy) 2008 EWHC 3030 (Fam) U.K. See also, Jan Balaz versus Anand Municipality, SPECIAL CIVIL APPLICATION No. 3020 of 2009, THE HIGH COURT OF GUJARAT AT AHMEDABAD. ↩︎
  38. ]See, State Surrogacy Laws. Human Rights Campaign (Sept. 2009). http://www.hrc.org/issues/2486.htm. ↩︎
  39. See, http://www.surrogacy.com/legals/map.html ↩︎
  40. Despite the explosion of the surrogacy market, very few states have changed their laws in recent years. One exception is Ohio, where the State Supreme Court held in 2007 that a gestational surrogacy agreement prohibiting surrogates from asserting parental rights did not violate public policy. Other states, namely Arizona and Arkansas, have passed laws on issues that bear on the surrogacy market, such as gay marriage, adoption, and gamete donation, but have declined to legislate on surrogacy itself. There are also bills pending in several jurisdictions, including California, Florida, Illinois, Kansas, Maryland, Massachusetts, Minnesota, Virginia and Washington that propose to regulate surrogacy agreements. ↩︎
  41. The House passed the Bill 1267 in the month of February 2011 that radically changes the existing legal position on parenthood in the State of Washington.  The legislation allows heterosexual and homosexual couples to take up commercial surrogacy arrangements in the WashingtonState. Available at: http://blog.indiansurrogacylaw.com/#http://blog.indiansurrogacylaw.com/2009/03/baby-manji-yamada-vs-union-of-india-uoi-and-anr/. ↩︎
  42. The Ordinance is available at: http://www.hklii.org/hk/legis/en/ord/561/s2.html ↩︎
  43. Ibid ↩︎
  44. Article 16(7) provides “All agreements relating to procreation or gestation on account of a third party are  void.” ↩︎
  45. Since 1994, surrogacy arrangements are held to be illegal in France according to The French Law – Article 16-7 inserted by Act No. 94-653 of July 29, 1994 Art.1 I, II, art. 3 Official Journal of July 30, 1994 states -”Any agreement on procreation or gestation on behalf of others is void.” ↩︎
  46. Article 6 of this Code stipulates “Statutes relating to public policy and morals may not be derogated from by private agreements.” ↩︎
  47. Available at: http://195.83.177.9/upl/pdf/code_22.pdf ↩︎
  48. See,http://www.bionews.org.uk/page_92561.asp ↩︎
  49. Legislation of Italy in the field of assisted reproductive technologies is considerably conservative. The law No. 40, from February 19, 2004 “About assisted reproductive technologies” does not only forbid surrogacy but also restricts other reproductive technologies. ↩︎
  50. [..]Act for Protection of Embryos (The Embryo Protection Act) Gesetz zum Schutzvon Embryonen (Embryonenschutzgesetz – ESchG) Of 13th December 1990 The following Act has been adopted by the Bunde[..], the full text available at:http://www.auswaertigesamt.de/cae/servlet/contentblob/480804/ publicationFile/5162/EmbryoProtectionAct.pdf ↩︎
  51. See, Jan Balaz versus Anand Municipality, SPECIAL CIVIL APPLICATION No. 3020 of 2009, THE HIGH COURT OF GUJARAT AT AHMEDABAD, available at: http://blog.indiansurrogacylaw.com/2009/11/gujarat-high-court-rules-on-surrogacy-case/ ↩︎